![]()
काठमाडौं। नेपाली कांग्रेसले सरकारले हालै घोषणा गरेको सामाजिक सुरक्षा कोषको प्रचार शैलीप्रति विरोध जनाएको छ। केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा विरोध जनाएका हुन ।
सम्मेलनमा शर्माले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको क्रम अघि बढाउन लागिएको विषयलाई हामीले सुखद र सकारात्मक रुपमा लिएका छौ। तर यसको कार्यान्वयन प्रकृया प्रवेश क्रमको प्रचार शैलीलाई भने हामीले अनावश्यक र भड्कीलो शैली ठहर गरेका छौँ।’
देउवा सरकारकै पालामा पारित भएको एेनलाई आफ्नै जस्तै देखाएर केपी ओली सरकारले आफ्नो अलोकप्रियता ढाक्न खोजेकै आरोपसमेत कांग्रेसले लगाएको छ।
त्यसैगरी कांग्रेसले एसिया प्यासिफिकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राज्यको संलग्नताको भर्त्सना गरेको छ।


