Breaking News.... EverestOnlineKhabar
May 1, 2026

भारतको गणतन्त्र दिवसमा दक्षिण अफ्रिकी राष्ट्रपति प्रमुख अतिथी

Loading

एजेन्सी । भारतको गणतन्त्र दिवसमा मुख्य अतिथि बन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामफोसालाई मुख्य अतिथि बनाइने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै ‘जी–२०’ सम्मेलनका क्रममा दक्षिण अफ्रिकी राष्ट्रपति रामफोसालाई गणतन्त्र दिवसको मुख्य अतिथि बन्न निमन्त्रणा गरेका हुन् ।

अमेरिकी प्रतिबन्धका बाबजुद भारतले रुससँग सैन्य सामग्री खरिद गरेपछि अमेरिका र भारतबीचको सम्बन्धमा केही तिक्तता देखिएको हो । त्यसअघि नै भारतले अमेरिकी राष्ट्रपति ट्रम्पका लागि गणतन्त्र दिवसमा मुख्य अतिथिका रुपमा आमन्त्रण गरिसकेको थियो । तर ट्रम्पले समयअभावको कारण देखाउँदै निमन्त्रणा अस्वीकार गरेका थिए ।

भारतले आफ्नो गणतन्त्र दिवसका अवसरमा विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई मुख्य अतिथि बनाउने गरेको छ । ट्रम्पले अतिथि बन्न अस्वीकार गरेपछि भारतका लागि अर्को अतिथि खोज्न एक महिनाभन्दा बढी समय लागेको हो ।

भारतका प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी राष्ट्रपतिलाई गणतन्त्र दिवसका अवसरमा मुख्य अतिथि बनाउन पाउँदा निकै खुशी लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed