Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार, आगामी वर्ष चीनको गाँसु प्रान्तस्थित जिउकुआङ प्रक्षेपण केन्द्रबाट उक्त स्याटेलाइट लञ्च गरिनेछ । सन् २०२० सम्म अन्तरीक्षमा यस्ता १० वटा अरु स्याटेलाइट पनि पठाउने योजना छ ।

त्यस्तै सन् २०२६ सम्ममा अन्तरीक्षमा लिंकस्योरका यस्ता २ सय ७२ वटा स्याटेलाइट हुनेछन् । त्यसले पूरै विश्वमा निःशुल्क वाईफाई नेटवर्क उपलब्ध गराउनेछ । कम्पनीका सीईओ वांग जिग्यिंगका अनुसार, यस योजनालाई सफल बनाउन कम्पनीले झण्डै ५ हजार करोड रुपैयाँ बराबरको रकम लगानी गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed