![]()
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले आफ्नो पाँचौं खेलमा आएर पहिलो जित हात पारेको छ । फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्न सफल भयो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो ।
फ्रेन्ड्स क्लबको जितमा अनिल महर्जन, सञ्जोक महर्जन र फोफना ब्राहिमनले गोल गरे । खेलको ६५ औं मिनेटमा फोफनाले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा सञ्जोकले गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको अतिरिक्त समयमा अनिलले गोल गर्दै फ्रेन्ड्स क्लबलाई ३–० गोलको अग्रता दिलाएका थिए । जितपछि फ्रेन्ड्स क्बलले पाँच खेलबाट चार अंक बनाएको छ । यता पराजित मछिन्द्रको भने पाँच खेलबाट २ अंक रहेको छ ।


