Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । अर्जेन्टिनामा सम्पन्न भएको  जी–ट्वेन्टी (जी२०)समूहमा आबद्ध देशहरूमध्ये  अमेरिका बाहेकका सबै राष्ट्र जलवायु परिवर्तनको मुद्दा एकत्रित ढंगले सामना गर्न तयार भएका छन् । यसका लागि पेरिस सम्झौतालाई अझै सुदृढ गर्ने सहमति उनीहरुको छ । तर, अमेरिका भने यो मामिलाबाट पछि हटेको छ ।

अमेरिकाका सिनेटर बर्नी स्यान्डर्सले जलवायु परिवर्तनबारे अमेरिकाको पछिल्लो नीतिलाई लाजमर्दो भएको बताएका छन् । अन्य राष्ट्रहरु यो मामिलामा दीगो उर्जा र यो ग्रह आगामी पुस्ताका लागि जोगाउन लगानी गर्ने पक्षमा रहेपनि हाम्रा राष्ट्रपतिले भने विज्ञानको विश्वास नगरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘‘बाँकी विश्वले हामीलाई धूलोमा छोडोस् भन्ने हामी चाहँदैनौ । हामीले यो मामिलामा नेतृत्वदायी भूमिका खेल्नुपर्दछ ।’’

बैठकपछि जारी गरिएको ३१ बुँदे घोषणापत्रमा सबै प्रतिनिधिहरुले आगामी दिनमा पूर्वाधार विकास, दीगो खाद्यान्न सुरक्षा र लैंगिक मूल प्रवाहिकरणको एजेण्डाका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । सम्मेलनमा चीन, भारत, रुस, ब्रजिल र दक्षिण अफ्रिकाले विश्व व्यापार संगठन डब्लुटिओलाई अझै बलियो बनाउनुपर्ने बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed