Breaking News.... EverestOnlineKhabar
April 30, 2026

श्रृङ्खला खतिवडालाई अफगानिस्तान खटिएका गोर्खा सैनिकको समर्थन

Loading

काठमाडौं । चीनको सान्या नगरमा मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडाले अफगानिस्तानमा खटिएका ब्रिटिश गोर्खा सैनिकहरूको समेत समर्थन पाएर आफू भावविह्वल भएको बताएकी छन्।

चीनको हाइनान प्रान्तको सान्या नगरमा जारी मिस वर्ल्ड प्रतियोगितामा सहभागी नेपाली युवती श्रृङ्खला खतिवडालाई विश्वभरबाट समर्थन आउने क्रम जारी छ। उनलाई शुभकामना दिँदै समर्थन गर्नेहरूको सूचीमा अहिले अफगानिस्तानमा खटिएका ब्रिटिश गोर्खा सैनिकहरू पनि थपिएका छन्।

एक भिडिओ सन्देशमा ती सैनिकहरूले भनेका छन्, “श्रृङ्खला यसरी नै अभिप्रेरित रहिरहनु।”

श्रृङ्खला खतिवडा

आफ्नो इन्स्टाग्राममा गोर्खा राइफल्सका सदस्यहरूले पठाएको भिडिओ सन्देश राख्दै तीन दिनअघि खतिवडाले लेखिकी छन्, “अफगानिस्तान देखि ब्रिटिश सेनाको रोएल गोर्खा राइफल्सका सदस्यहरूबाट प्राप्त समर्थनका कारण म भावविह्वल भएकी छु। यसले मेरो लागि धेरै अर्थ राख्दछ। आभारी।”

सन्देशमा के छ?

उनलाई पठाएको सन्देशमा ब्रिटिश गोर्खामा कार्यरत नेपाली युवकहरूले लेखेका छन्, “अहिले अफगानिस्तानमा खटिएका फर्स्ट बटालियन रोएल गोर्खा राइफल्समा कार्यरत सैनिकहरू श्रृङ्खला खतिवडालाई आगामी मिस वर्ल्ड प्रतियोगितामा सफलताको लागि शुभकामना दिन चाहन्छौँ।”

श्रृङ्खला खतिवडालाई इन्स्टाग्राममा ३ लाख ३० हजार जनाले पछ्याइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed