![]()
काठमाडौ,१२ जेठ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा चार स्थान माथि उक्लिएका छन् । सन् २०१६ मा सूचीको १०५ औं स्थानमा रहेका घले दम्पत्ति यो वर्ष १०१ स्थानमा उक्लिएका छन् ।
अघिल्लो वर्ष उनीहरुको कुल सम्पत्ति ५८ करोड ६० लाख डलर रहेकोमा यो वर्ष झण्डै १० प्रतिशत बृद्धि गर्दै ६४ करोड ७० लाख डलर पुर्याएको धनाड्यहरुको सूची प्रकाशन गर्दै आएको फाइनान्सियल रिभ्यू म्यागेजिनले जनाएको छ ।
म्यागेजिनले बिहीबार सन् २०१७ का धनाढ्यहरुको सूची प्रकाशन गरेको छ जसमा नेपाली मूलका घले दम्पत्तिले सम्पत्ति र सूची दुवैमा सुधार गरेका छन् ।
एमआइटी ग्रुप होल्डिङमार्फत् घले दम्पत्तिले शिक्षा र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । उनीहरुले संयुक्तरुपमा स्थापना गरेको मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी ९एमआइटी०मा बिभिन्न देशका करिव ३ हजार ५ सय विदेशी विद्यार्थी अध्ययनरत छन् ।


