![]()
बीबीसी । बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताब गरेका हुन् ।
आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै उनले बजेट भाषणमा बेलायती संसदमा डिजिटल व्यवसायको संयुक्त अधिराज्यमा तात्विक महत्व देखिन थालेको र उनीहरूले कर नतिरीकन आफ्ना गतिविधि चलाउने गरेकोमा अब उनीहरूलाई करको दायरामा ल्याइनुपर्ने बताए ।
डिजिटल सेवा कर स्थापित तथा ठूला प्राबिधिक कम्पनीलाई लक्षित गरिएको र यो भर्खर बामे सर्दै गरेका डिजिटल कम्पनीको हकमा भने लागु नहुने बताए । उनले शुरूमा उनीहरूलाई सामान्य करको दायरामा ल्याएर निम्नतम राजश्व उठाउन पहल गर्ने बताए ।


