![]()
बीबीसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा भारतका तत्कालीन नेता बल्लभभाइ पटेलको १८२ फूट लम्बाइको सालिक अनाबरण गरेका छन् । यो सालिक विश्वकै सबैभन्दा अग्लो सालिक हो ।
यसको निर्माण मूल्य २ हजार ३८९ करोड भारु रहेको जनाइएको छ । स्थानीय ठूलो भूभाग अधिग्रहण गरेर सो सालिक निर्माण गरिएकोले स्थानीय बासिन्दाले भने विरोध गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । उक्त सालिक बनाउन करिब ४ वर्ष लागेको जनाइएको छ ।
उक्त सालिकलाई ‘स्ट्याचु अफ युनिटी’ नाम दिइएको छ ।


