![]()
एजेन्सी । अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड तथा म्याक कम्प्युटर सार्वजनिक गरेको छ । ब्रुकलिनमा आयोजना गरिने विशेष समारोहमा एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गरेको हो ।
नयाँ आइप्याड प्रोमा यसअघिको मोडेलमा भन्दा ठूलो डिस्प्ले राखिएको छ भने र टच आइडी फिंगरप्रिन्ट सेन्सिङ होम बटन हटाइएको छ । फेस आइडी नाम फेसियल रिकग्नीसन टेक्नोलोजी राखिएको छ । नयाँ आइप्याण्डमा युएसबी सी कनेक्टिभिटीका साथै अपडेटेड एप्पल पेन्सिल फिचर रहेका छन ।
आइप्याडसँगै एप्पलले यसको आउटडेटेड म्याकबुक एयरको नयाँ संस्करण पनि प्रस्तुत गरेको छ । गत सेप्टेम्बरमा मात्रै एप्पलले नयाँ आइफोन एक्स एस, एक्स एस म्याक्स, तथा एक्स आर सार्वजनिक गरेको थियो ।


