Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । भारतीय अभिनेता अर्जुन रामपालकी आमा ग्वीन रामपालको ६७ वर्षको उमेरमा  निधन भएको छ । लामो समयदेखि उनकी आमा स्तन क्यान्सरबाट पीडित थिइन् ।

आमाको अन्तिम यात्रामा बलिउडका कुनै ठूला स्टार देखिएनन् । यद्यपि, उनकी प्रेमिका ग्याब्रिएला डेमेट्रिएडस भने साथ देखिएकी थिइन् । अर्जुनकी पूर्व पत्नी मेहर जेसिया र दुई छोरी पनि उपस्थित थिए ।

अजुर्नकी आमाको मुम्बाईस्थित एक अस्पतालमा उपचार चलिरहेको थियो । ४ वर्षअघि ग्वीन रामपाललाई ट्रिपल नेगेटिभ स्तन क्यान्सर रहेको भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed