![]()
काठमाडौं । बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले जनाएको छ। थाइल्यान्डका अर्बपति व्यापारीसमेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको हेलिकप्टर लेस्टरको रंगशाला बाहिर कारपार्कमा दुर्घटनाग्रस्त भएको थियो।
क्लबका अनुसार उक्त दुर्घटनामा अध्यक्ष विचाई सहित पाँचजनाको मृत्यु भएको छ। लन्डनमा बस्ने गरेका अध्यक्ष विचाई लेस्टरको फुटबल हेर्न प्रायः हेलिकप्टरको प्रयोग गर्थे। लेस्टर क्लबको किङ पावर रंगशालाको कारपार्कमा ठूलो आवाजका साथ भुइँमा बज्रिएको हेलिकप्टर जलेको थियो। शनिबार १–१ गोलमा सकिएको लेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल हेरेर फर्कनेक्रममा उक्त दुर्घटना भएको हो।
क्लबले जारी गरेको विज्ञप्तिमा विश्वले एकजना असल मानिस गुमाएको जनाएको छ। वक्तव्यमा भनिएको छ, “उनको नेतृत्वमा लेस्टर सिटी एउटा परिवार जस्तो थियो। उनले क्लबलाई पारिवारिक वातावरण दिएका थिए।


