Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सनि लियोन अभिनित चलचित्र ‘बीरमादेवी’ माथि प्रतिबन्ध लगाउन माग

Loading

एजेन्सी । सनी लियोनीलाई कर्णाटकमा विरोधको सामना गरिरहनु परेको छ। खासमा सनी दक्षिण भारतको ऐतिहासिक चलचित्र वीरमादेवीमा मुख्य पात्रमा अभिनय गरिरहेकी छन्। जसको कतिपय संगठन मिलेर विरोध गरिरहेका छन्।

वीरमादेवी दक्षिणको एक लडाकु रानी थिइन्। उनको नामबाट दक्षिण भारतमा कयौँ मन्दिर बनेका छन्। विरोध गर्ने संगठन बताउँछन्, ‘सनी पोर्न स्टार हुन् र यो चलचित्रमा राखेर वीरमादेवीको अपमान गरियो। त्यसैले यो चलचित्रलाई ब्याण्ड गर्नुपर्छ।’

खबर अनुसार विरोध गरिरहेका संगठनका कार्यकर्ताले आफ्नो हात ब्लेडले काटेका छन् ताकी यो विरोधलाई सरकारले गम्भीरतापूर्वक लियोस् र चलचित्र प्रर्दशनमा रोक लागोस्। उनीहरुको अनुसार यो चलचित्रले मानिसको धार्मिक भावनामा ठेस पुयार्उँछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed