Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको विषयमा अनुसन्धान भइरहेको अमेरिकी संङ्घीय अनुसन्धान ब्युरो (एफबीई) ले जनाएको छ।

टेलिभिजन च्यानल सीएनएनको कार्यालय समेत रहेको न्यूयोर्कको टाइम वार्नर भवनमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएपछि उसको समाचारकक्ष खाली गरिएको बताइएको छ। त्यस्तो खबर एकजना उदारवादी परोपकारी एवं अर्वपति जर्ज सुरोसको न्युयोर्कस्थित घरमा बम भेटिएको दुई दिनपछि आएको हो।

त्यस्ता पदार्थहरू पूर्वअमेरिकी वरिष्ठ अधिकारीहरूलाई पठाइने चिठी तथा पार्सलहरू जाँच्ने प्राविधिकहरूले पत्ता लगाएका हुन्। त्यस्ता शंकास्पद वस्तुहरू ठ्याक्कै कहाँबाट आएका हुन् भन्ने स्पष्ट भइसकेको छैन। एउटा अमेरिकी सुरक्षा निकाय सिक्रेट सर्भिसको विज्ञप्ती अनुसार २३ अक्टोबरमा भेटिएको त्यस्तो वस्तु श्रीमती क्लिन्टनको नाममा थियो।

विज्ञप्तिका अनुसार त्यसपछि अक्टोबर २४ को बिहान दोस्रो त्यस्तै वस्तु पूर्वराष्ट्रपति बाराक ओबामाको निवासको ठेगानामा पठाइएको पाइयो, जसलाई सिक्रेट सर्भिसका अधिकारीहरूले वासिङ्टन डिसीमा बरामद गरेका थिए। पार्सल गरिएका दुवै वस्तुहरू लक्षित ठेगानामा पुग्नु अघि नै नियन्त्रणमा लिइएको थियो।

एफबीआईले आफूलाई त्यसबारे पहिले नै थाहा भइसकेको र त्यसमा अनुसन्धान अगाडि बढाइसकेको बताएको छ। ओबामाका प्रवक्ताले त्यसबारे प्रतिकृया जनाउन चाहेनन् र सिक्रेट सर्भिसकै विवरणलाई विश्वास गर्न आग्रह गरे। त्यस्तो प्रकृतिको पार्सल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा डोनल्ड ट्रम्प जुनियरका नाममा समेत यो वर्षको शुरूमा आएको पठाइएको थियो।

निशानामा परेका अर्वपति जर्ज सुरोस भने उदारवादी कामका लागि उनले व्यक्त गरेका धारणाका कारण दक्षिणपन्थी समूहहरूबाट आलोचनाको निशाना बन्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed