काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सत्तारुढ दललाई आफूहरुको पार्टीको नाम दिएर पहिचान मेट्न खोजेको भन्दै सर्वोच्च अदालत जाने चेतावनी दिएको छ ।
निर्वाचन आयोगमा आयोजित छलफलमा कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले आफ्नो निर्णय नसच्याई सत्तारुढ नेकपाको नाम अहिलेकै कायम राख्ने हो भने सर्वोच्च जाने चेतावनी दिएको हो ।
कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पहिलेदेखि क्रियाशील थियो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखिएको थियो । त्यसपछि आफ्नो पार्टीसँग मिल्दोजुल्दो नम दिएको भन्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा निवेदन दिएको थियो ।