Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं ।  दशैँ बिदाको समयमा सर्वोच्च अदालतमा आठवटा बन्दी प्रत्यक्षीकरणका रिट निवेदन परेका छन्। घटस्थापनाको दिनदेखि सोमबारसम्म सर्वोच्च अदालतमा परेका आठवटा बन्दी प्रत्यक्षीकरणका रिट मध्ये चारवटा रिट निवेदनमा फैसला भई रिट खारेज भएका छन्।

त्यसैगरी तीनवटा रिट निवेदनका सम्बन्धमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएर बन्दीहरू छुटेको सर्वोच्चका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए। एक बन्दी प्रत्यक्षीकरण रिटको सम्बन्धमा सोमबार इजलास तोकिएको छ। टंकबहादुर खड्काको हकमा सविना खड्काले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सम्बन्धमा सोमबारका लागि इजलास तोकिएको सहप्रवक्ता कालाखेतीले जानकारी दिए।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ मा  न्यायलयमा तीनदिन भन्दा बढी सार्वजनिक विदा भएमा बन्दी प्रत्यक्षिकरणको मुद्धा हेर्नका लागि पूर्णइजलासबाट न्यायाधीश तोक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार १५ दिने सार्वजनिक बिदाकै क्रममा परेका बन्दी प्रत्यक्षीकरणका रिट निवेदन हेर्नका लागि सर्वोच्च अदालतको पूर्ण बैठकबाट न्यायाधीशहरू प्रकाशमानसिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ, केदारप्रसाद चालिसे, दिपकराज जोशी र सपनाप्रधान मल्ल तोकिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed