![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्मका कुनैपनि प्रधानमन्त्रीले नगरेको काम गरेर समर्थन र आलोचना दुवै खेप्न थालेका छन। बडादशैंको उपलक्ष्यमा चतुर्थीसम्म कार्यकर्ता एवम सर्वसाधारणलाई टीका लगाउन थालेपछि ओलीले दशैको परम्परा धान्न मात्र यसो गरेको नभई टीकालाई ‘राजनीतिक रंग’ दिएको आरोपसमेत खेप्नु परेको छ ।
सरकारले टीकाको दिनसम्म मात्र बिदा दिएको छ । एकादशीबाट कार्यालय खुल्ने गर्दछन। तर, प्रधानमन्त्री ओलीले चतुर्थीसम्म टीका लगाएर दोहोरो चरित्र प्रदर्शन गरेको आरोप छ। कतिपयले त ओलीले टीकाको नाममा चाकडी खोजेको आरोपसमेत लगाइरहेका छन ।
जे जस्तो भएपनि प्रधानमन्त्री ओलीको हातबाट टीका थाप्न बिहान ९ बजेपछि बालुवाटारमा सर्वसाधारण एवम कार्यकर्ताको भीड लाग्ने गरेको छ । यस अघिका प्रधानमन्त्रीले टीका पछिका दिनमा पनि यसरी सर्वसाधरण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन्।


