Breaking News.... EverestOnlineKhabar
April 30, 2026

चार महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि अनु मल्लिक ‘इण्डियन आइडल’ को निर्णायकबाट आउट

Loading

एजेन्सी । संगीतकर्मी अनु मलिक यौन दुव्यवहारको आरोप लागेपछि इण्डियन आइडलको निर्णायकबाट बाहिरिएका छन । चारजनाभन्दा धेरै महिलाले यौन दुव्र्यवहारको आरोप लगाएपछि उनलाई शोबाट निकालिएको हो । अनु मलिकको सट्टामा विशाल ददलानी र नेहा कक्कडसँगै कुनै अर्को ठूलो गायकलाई लिने योजना भईरहेको छ।

अनु मलिकलाई गायिका सोना महापात्रा र स्वेता पण्डितले यौन दुर्व्यवहारको आरोप लगाएका छन्। यी बाहेक अरु दुई महिलाले पनि अनु मलिकलाई दुर्व्यवहारको आरोप लगाएका छन्।

गायिका सोना महापात्राले अनुको नाम लिएकी थिइन्। गायक कैलाश खेरलाई यौन दुर्व्यवहारको आरोप लाग्नासाथ सोनाले पनि आरोप लगाएकी हुन्।

सोनाले लेखेकी छन् कि ‘कैलाश खेर जस्तै अरु पनि इन्डस्ट्रीमा छन्। जस्तो अनु मलिक।’ यसको जवाफमा जब अनु मलिकले सोनासँग मेरो भेट नै भएको छैन भन्ने जानकारी दिए तब सोनाले फेरि लेखिन्, ‘कस्तो कुरा गर्दै हुनुहुन्छ अनु मलिक, के तपाईले मलाई राति भेट्न बोलाउनुभएको थिएन?’

अनुको नाम मिटुमा आउने बित्तिकै सोनी टेलिभिजनको व्यवस्थापनले अनुलाई शो छोड्न भनेका थिए। अब उनी शो को बाँकि एपिसोड गर्ने छैनन्। अनुलाई मिटिङ्गमा बोलाएर नै शो छोड्न भनिएको थियो।

गीतकार समिरको अनुसार त्यो समय उनी अनु र स्वेतासँगै थिए। समिरले स्वेताको आरोप झूटो भएको र अनुले स्वेतालाई छोरी भनेर बोलाउने गरेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed