Breaking News.... EverestOnlineKhabar
May 2, 2026

मेस्सीको दाहिने हात भाँच्चियो, तीन साता मैदान बाहिर

Loading

एजेन्सी । अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनिस क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् ।

बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सी क्याम्प नाउमा सेभियाविरुद्धको खेलमा मैदानमा लडेका थिए । खेलको २६औं मिनेटमा उनी खेल छाड्न बाध्य भए । स्वास्थ्य परीक्षण गर्दा उनको दाहिने हातको हड्डी भाँच्चिएको पाइएको थियो ।

तीन साता आराम गर्नुपर्ने भएका कारण उनी इन्टर मिलान, रियल म्याड्रिड, कल्चरल लियोनेसा, रायो भ्यालेकानो, इन्टर मिलान र बेटिस विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।

बार्सिलोनाका व्यवस्थापक अर्नेस्टो भ्याल्भर्डले मेस्सीको अनुपस्थितिले टीमलाई नोक्सान गर्ने भए पनि बार्सिलोना टीममा राम्रा खेलाडी अरु पनि रहेकाले खेल जित्नेमा आफू आशावादी रहेको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed