Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बैतडी ।   बैतडीमा यही कात्तिक ८ गतेदेखि सञ्चालन हुने निंगलाशैनी प्रिमियर लिग (एनपिएल) टि-२०क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ।

निंगलाशैनी खेलमैदान देहिमाडौंमा हुने उद्घाटन खेलमा कात्तिक ८ गते दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिका खेल्ने भएका छन्।   कात्तिक ९ गते सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिका ए भिड्दा अर्को खेलमा दोगडाकेदार गाउँपालिका र आयोजक निंगलाशैनी क्रिकेट क्लव (एनसिसि) प्रतिस्पर्धा गर्नेछन्।

कात्तिक १० गते आयोजक एनसिसि र सिगास गाउँपालिकाबीच भिडन्त हुँदा अर्को खेलमा सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिका सि आमनेसामने हुने जनाएको छ।  निंगलाशैनी क्रिकेट क्लबको आयोजनामा हुन लागेको प्रतिगोगिताको चौथो दिन कात्तिक ११ गते दशरथचन्द नगरपालिका ए र दशरथचन्द नगरपालिका सिबीच प्रतिस्पर्धा हुँदा सोही दिन अर्को खेलमा पुर्चौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिका भिड्नेछन्।

प्रतियोगिताको पाचौं दिन कात्तिक १२ गते दशरथचन्द नगरपालिका बी र शिवनाथ गाउँपालिकाबीच भिडन्त हुँदा अर्को खेलमा पुर्चौडी नगरपालिका र पाटन नगरपालिका खेल्नेछन्। कात्तिक १३ गते पहिलो खेलमा पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका भिड्दा दोस्रो खेलमा दशरथचन्द नगरपालिका बी र मेलौली नगरपालिकाबीच भिडन्त हुनेछ। लिगको अन्तिम खेलमा कात्तिक १४ गते मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका आमनेसामने हुने छ।

जिल्लाका १२ टोली सहभागी हुने प्रतियोगितालाई चार समूहमा विभाजन गरी गरि खेलाइँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed