Breaking News.... EverestOnlineKhabar
May 1, 2026

८ महिनाकी बालिका चोरेर हत्या गर्ने अभियुक्त पक्राउ

Loading

काठमाडौँ । दुई महिना अगाडि ८ महिने बालिका चोरेर पछि  हत्या गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन्। मुख्य अभियुक्त भरतकुमार शाहलाई सुनसरीको भण्टावारीबाट पक्राउ गरेको महोत्तरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी औरही नगरपालिका १ का सन्तोष चौधरीकी छोरी घरबाट हराएकी थिइन्। बालिका हराएको प्रहरीमा जानकारी आएसँगै खोजीमा लागेको प्रहरीले बालिका मृत अवस्थामा फेला परेको थियो।

अभियुक्त शाहलाई अटोरिक्सा चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । औरही ८ स्थित जंगलमा बालिकाको शव फेला पारेको थियो। बालिकाको मुखबाट रगत बगेको थियो। बच्चा चोरेर लग्ने युवकको पहिचान भए पनि प्रहरीले शाहलाई नियन्त्रणमा लिन सकेको थिएन। बालिका चोरी भएको स्थान नजिकै रहेको सीसी क्यमारामा बच्ची चोरी भएको दृष्य कैद भएको थियो। सीसी क्यमरा फुटेजका आधारमा नै प्रहरीले खोजी कार्य तीब्र पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed