Breaking News.... EverestOnlineKhabar
April 30, 2026

प्रहरी अधिकृत र जवानहरुले लाइन लागेर लगाए आइजीपी खनालसंग टीका

Loading

काठमाडौँ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अधिकृतदेखि जवानसम्मलाई विजयादशमीको टीका लगाइदिएका छन्।  प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा प्रहरी जवानहरू, पूर्व प्रहरी कर्मचारीहरू एवम् प्रहरी परिवारलाई टीका लगाइदिएका छन्। शनिवार बिहान उपस्थित प्रहरी अधिकृतहरूलाई महानिरीक्षक खनालले टीका लगाएका हुन्।

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्कर कार्की र धिरु बस्न्यातले समेत समेतले महानिरीक्षक खनालको हातबाट टीका लगाएका थिए। टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू, पूर्व प्रहरी कर्मचारीहरू एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed