Breaking News.... EverestOnlineKhabar
May 2, 2026

शिक्षा संकायको पढाई रोक्न शिक्षा मन्त्रीको प्रस्ताव

Loading

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अब शिक्षा संकायको पढाइ रोक्नुपर्ने बताएका छन् । उनले शिक्षकको उत्पादन अधिक मात्रामा भएको भन्दै अब प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए ।

उनले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेको उनको अाशय थियो । अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

महोत्तरीको गौशाला नगरपालिकामा उच्च शिक्षा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले भने, शिक्षक ‘शिक्षक’ जस्तै हुनुपर्छ, न की पुरानो ढंगको शिक्षक ।’ पुरानो शिक्षा पद्धति पनि भत्काउनुपर्ने भन्दै उनले नयाा पद्धति बनेमात्रै सामुदायिक विद्यालय रुपान्तरण हुने तर्क राखे ।

७ लाख शिक्षक लाइसेन्सधारी बेरोजगार रहेको भन्दै उनले शिक्षा संकायको पढाइमै त्रुटि रहेको बताए । हरेक विद्यार्थीले विद्यालयको पढाइ सकिादा एउटा सीप सिकेर जानुपर्ने गरी शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed