Breaking News.... EverestOnlineKhabar
May 2, 2026

७ महिना लामो कैद भुक्तानपछि गुण्डा नायिके लामा रिहा

Loading

काठमाडौं ।  गुन्डा नाइके गणेश लामा जेलबाट छुटेका छन । हतियार खरखजाना मुद्दामा सजाय भुक्तान गरिरहेका लामा ७ महिनाको कैद  भुक्तान गरेर निस्किएका हुन्।

गत फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परेका गुन्डा नाइके लामालाई पूर्पक्षको लागि जेल चलान गरिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको इजलासले लामालाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको थियो।

त्यसयता उनलाई डिल्लीबजार कारागारमा राखिएको थियो। सरकारी वकिलको कार्यालयले लामाविरुद्ध हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा एक वर्ष जेल सजायँ र पाँच लाख रुपैयाँ जरिवानासहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा मुद्दा बुझाएको थियो।
लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको थियो। लामाले भने आफ्नो पेस्तोल नभएको दाबी गर्दै आएका छन्। लामाले आफूलाई गोली हान्न आएका युवाबाट पेस्तोल खोसेको बयान प्रहरीलाई दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed