![]()
काठमाडौं । पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको छ ।
कात्तिक ९ देखि २० गतेसम्म पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि ग्राण्डी पार्टनर बन्ने भएको हो । आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा चक्रराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार उक्त अस्पतालले पिपीएलका लागि आवश्यकपर्ने चिकित्सकसहित फिजियोथेरापिस्टका साथै खेल सञ्चालन हुने मैदानमा पनि स्वास्थ्यकर्मीसहित औषधि र अन्य उपकरण उपलब्ध गराउनेछ ।
उक्त अस्पतालका मेडिकल डाइरेक्टर डा पाण्डेले विगत लामो समयदेखि आफूहरूले घाइते खेलाडीको उपचार गर्दै आएको र पिपीएलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।


