Breaking News.... EverestOnlineKhabar
May 2, 2026

भारतमा आँधीले पुर्याएको क्षतिप्रति राष्ट्रसंघको चिन्ता

Loading

बीबीसी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गरेका छन् । भारतीय राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा  आँधीबाट कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।

टिट्ली नामको सो आँधीका कारण भएका मानवीय तथा भौतिक सम्पत्तिको क्षतिप्रति उनले विज्ञप्तिमार्फत दुःख व्यक्त गरे। महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा सो आँधीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसबाट पर्न गएको पीडाप्रति भारतीय सरकारमार्फत भारतीय नागरिकप्रति समवेदना पनि प्रकट गरेकाे बताइएको छ ।

उक्त आँधीका कारण भारतमा ठूलो भौतिक क्षति पनि पुगेको छ । साथै यसबाट दशौँलाख नागरिक पनि प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed