![]()
बीबीसी । अमेरिकाको पदछाप पछ्याउँदै अष्ट्रेलियाले इजरेलमा रहेको दुतावास तेल अभिभबाट जेरुसेलम सार्ने भएको छ । जेरुसेलमलाई इजरेलको राजधानीको मान्यता दिन अष्ट्रेलियाको कदम महत्वपूर्ण मानिनेछ । अमेरिकाले दुतावास सार्दा अन्तर्राष्ट्रिय आलोचना सहनुपरेको थियो ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरीसनले इजरेल र प्यालेष्टाइनबीचको संघर्ष समाधानका लागि प्रतिबद्ध रहेको दोहोर्याउनु भएको छ । मरिसनको कदम आगामी निर्वाचन केन्द्रित रहेको भन्दै प्रतिपक्षि पार्टीले दूतावास सार्ने निर्णयको विरोध गरेका छन् । इजरेल र प्यालेष्टाइनबीच जेरुसेलमको स्वामित्व संघर्षको मुख्य विवाद हो ।
अष्ट्रेलियाले पूर्वी जेरुसेलम प्योलेष्टाइनको राजधानी र पश्चिम जेरुसेलम इजरेलको राजधानीका रुपमा स्विकार गर्ने मरिसनले बताउनुभएको छ । अष्ट्रेलियाको कदमको इजरेलका प्रधानमन्त्री बेन्जोमिन नेतान्याहुले स्वागत गर्नुभएको छ ।


