![]()
एजेन्सी । नोभाक जोकोभिचले सांघाइ मास्टर्सको फाइनलमा क्रोएसियाका बोर्ना कोरिचलाई पराजित गर्दै उपाधि जितेका छन् । दोस्रो वरीयाताका जोकोभिचले २१ वर्षे कोरिचलाई ६–३, ६–४ को सेटमा हराउन ९७ मिनेट समय लगाएका थिए ।
२०१८ मा जोकोभिचको यो चौथो उपाधि हो । १३औं वरीयाताका कोरिचले शनिबार सेमिफाइनलमा रोजर फेडेररलाई पराजित गरेका थिए ।
गत अगष्टमा रोजर्स कपमा पराजित भएका सर्वियाका जोकोभिचले लगातार १८ खेलमा विजय हासिल गरे । यससँगै १४ पटक ग्रान्ड स्लामको उपाधि जितेका जोकोभिचले सोमबार वरीयताको दोस्रो नम्बरमा फेडेररलाई विस्थापित गरेका छन् ।


