Breaking News.... EverestOnlineKhabar
May 1, 2026

रोनाल्डो बिनाको पोर्चुगलले स्कटल्याण्डलाई हरायो

Loading

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्कटल्याण्डविरुद्ध सहज जित निकालेको छ । कप्तान क्रिष्टियानो रोनाल्डो बिना खेलेको मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्कटल्याण्डलाई ३—१ ले हराएको हो ।

पोर्चुगलले स्कटल्याण्डलाई स्कटल्याण्डको घरेलुमैदानमा पराजित गरेको हो । रोनाल्डो हाल बिदामा रहेका छन् । स्कटल्याण्डविरुद्धको सहज जितका लागि पोर्चुगलका हेल्डर कोष्टा, इडर र ब्रुमाले एक—एक गोल गरे ।

स्कटल्याण्डविरुद्ध पहिलो हाफको ४४ औं मिनेटमा कोष्टाको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बढाएको थियो । त्यस्तै, खेलको ७३ औं मिनेटमा इडरले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

खेलको ८४ औं मिनेटमा ब्रुमाले गोल गरेपछि पोर्चुगल ३—० ले अघि रहँदा स्कटल्याण्डका स्टेभेन नैस्मिथले एक गोल फर्काए । खेलको अन्तिम समयमा स्कटल्याण्डका स्टेभेनले एक गोल फर्काएपनि पोर्चुगलविरुद्धको जितका लागि पर्याप्त हुुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed