Breaking News.... EverestOnlineKhabar
April 30, 2026

काठमाडौंको टोखा नगरपालिकाका अधिकृत एक लाख घुससहित पक्राउ

Loading

काठमाडौं  । काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत कृष्णप्रसाद सुवेदीलाई १ लाख रुपैयाँ घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो ।

उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि अधिकृत सुवेदीले  घुस माग गरेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा  पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed