Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी।  बलिउड फिल्म निर्माता तथा निर्देशक सुवास घईमाथि बलात्कारको आरोप लागेको छ। बलिउड उद्योगमा यौन दुर्व्यवहार र हिंसाका घटनाहरु एक पछि अर्को गर्दै बाहिर आइरहेका बेला निर्माता घईमाथि पनि यस्तो आरोप लागेको हो।

 घई माथि परिचय नखुलाइएकी एक महिलाले यस्तो आरोप लगाएकी हन्। ती महिलालाई एक होटलमा लगेर घईले याैन दुर्व्यवहार गरेकाे अाराेप लागेको  छ। तर ती आरोप सरासर झुट भएको भन्दै घईले बलिउड उद्योगमा यौनहिंसाको आरोप लगाउनु फेसन नै बनेको बताएका छन्।

घईको यस किसिमको हर्कत लेखक महिमा कुकरेजाले बाहिर ल्याएकी हुन्। उनले पीडित महिलाले आफूसँग सबैकुरा सेयर गरेको भन्दै सामाजिक सञ्जालमा घईको विरुद्धमा महिला हिंसाका कुरा खुलाएकी हुन्।

कुकरेजाका अनुसार घईले आफ्नै कम्पनिमा कार्यरत एक महिलामाथि याैन दुर्व्यवहार गरेका थिए। ‘कार्यालय समयमा कामले गर्दा ती महिलालाई अबेरसम्म बस्नु पर्ने हुन्थ्यो। यही मौकामा घई महिलासँग नजिकिए। समय-समयमा घईले महिललााई घरसम्म पनि छोड्ने गरेका थिए। तर एक दिन घईले महिलालाई बीच बाटोमा मादक पदार्थ सेवन गर्न आग्रह गरे। मादक पदार्थले लट्ठीएपछि होटलमा लगेर महिलासँग अभ्रद्र व्यवहार गरे।’ कुकरेजाले उल्लेख गरेकी छन्।

तर महिलाको आरोप खण्डन गर्दै घइले सबैकुरा गलत भएको बताए। सञ्चारमाध्यमसँग दुखः व्यक्त गर्दै उनले भने, ‘जसरी यस किसिमका आरोप सञ्चारमाध्ययमा आए, यी सबै बिषय मैले सुनिसकें। यो धेरै नै दुखद् पक्ष हो। किनकि, कुनै सत्यता र प्रमाण बिना नै व्यक्तिलाई यस किसिमको आरोप लागउनु फेसन जस्तै बनिरहेको छ। यी सबै आरोपको म पूर्ण खण्डन गर्छु।’

आफ्नो मानहानी भएको सन्दर्भ उल्लेख गर्दै घइले ती महिला विरुद्धमा अदालतमा मानहानीको मुद्धा लिएर जाने पनि प्रष्ट्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed