![]()
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि युएई प्रस्थान गरेका छन ।
आइसिसी टी–२० विश्वकप छनोटका लागि मलेसिया रहेका सन्दीप शनिबार युएई प्रस्थान गरेका हुन । छनोटमा च्याम्पियन बनेको नेपाली टिमका अन्य सदस्य भने शनिबार दिउँसो नेपाल फर्कदै छन्।
सन्दीप एपिएलमा नान्गहर लियोपार्डमा आवद्ध छन्। आइसिसी एसोसिएट नेसन्स क्याटागोरीमा रहेका सन्दीपले १५ हजार अमेरिकी डलरमा आवद्ध भएका थिए। एपिएल असोज १९ देखि सुरु भएपनि सन्दीप टी–२० छनोटका लागि मलेसिया गएका थिए।
सन्दीपको टिम नान्गहरले अब चार खेल खेल्न बाँकी छ। सन्दीप रहेको नान्गहर टिममा पाकिस्तानका मोहमद हाफिज, बंगलादेशका मुस्फिकर रहिम, न्युजिल्यान्डका मिचेल म्याक्लिङघन, अस्ट्रेलियाका बेन कटिङ, बंगलादेशका तमिम एकबाल, अफगानिस्तानका मुजिब उर रहमान, वेस्ट इन्डिजका आन्द्रे रसेल लगायत छन्।
कात्तिक २ सम्म चल्ने प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ।


