Breaking News.... EverestOnlineKhabar
May 3, 2026

काठमाडौं ७ का जनताले हराए वामदेव गौतम र नेकपाको दुर्भाग्य हुने : वरिष्ठ नेता खनाल

Loading

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले काठमाडौं ७ बाट जित सुनिश्चत भए मात्रै उपनिर्वाचनमा उम्मेदवार बन्न वामदेव गौतमलाई सुझाव दिएका छन् । नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै नेता खनालले काठमाडौं ७ का जनताले हराई दिए भने वामदेव गौतम र नेकपाको दुर्भाग्य हुने चेतावनी दिए ।

‘काठमाडौं ७ मा जनताले हराइदिए भने दुभाग्र्य हुनेछ । म विरोधी होइन । जितको सुनिश्चित छ भने मात्रै उठ्नुस्, होइन भने नउठ्नुस्’, उनले भने, ‘जनताले हराइदिए भने वामदेवजी र नेकपाको दुर्भाग्य हुनेछ ।’

निर्वाचनमा पराजित भएका वामदेव गौतम मात्र नभइ गोरखाबाट पराजित नारायणकाजी श्रेष्ठलाई पनि संसदमा ल्याउनु पर्ने उनले बताए । उनले भने, ‘वामदेवजीको मात्रै होइन अर्का पराजित नेता नारायणकाजी श्रेष्ठजी पनि पार्टीलाई आवश्यक्ता छ । अरु पराजित नेताहरूलाई पनि संसदमा ल्याइनुपर्छ ।’

काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरको पत्र सचिवालयमा पत्र प्राप्त भएको बताएका वरिष्ठ नेता खनालले भने, ‘रामवीर मानन्धरले सांसद पदबाट मैले राजीनामा दिए भन्ने पत्र आएको छ । स्वीकृत भएको छैन । पार्टीमा छलफल गरेर टुंग्याउने छौँ । राजीनामा स्वीकृत हुने प्रक्रिया छ । पार्टीले कुनै पनि निर्णय गरेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed