Breaking News.... EverestOnlineKhabar
May 1, 2026

इण्डोनेशियामा ६.० रेक्टर स्केलको अर्को भूकम्प, तीन जनाको मृत्यु

Loading

बीबीसी । इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्निच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ। त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट तीन व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताएका छन्।

इन्डोनेसियाको पालु शहरमा गत सेप्टेम्बर २८ मा ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिइएको छ। साथै सो भूकम्पमा परी अरु करिब पाँच हजार मानिस हराएका बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed