![]()
बीबीसी । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले अमेरिका र चीनबीचको व्यापार युद्धले विश्वलाई गरिबी र खतरा तर्फ धकेलिरहेको चेतावनी दिएको छ । सन् २०१८ र १९ मा विश्वको आर्थिक वृद्धिदर कम हुँदै जाने मुद्रा कोषले जारी गरेको पछिल्लो प्रतिवेदनमा जनाइएको छ ।
अमेरिका र चीनमा जारी ब्यापार युद्धले आर्थिक वृद्धिमा धब्बा लागेको कोषले उल्लेख गरेको बीबीसीले जनाएको छ । आईएमएफका प्रमुख अर्थशान्त्रीले ब्यापारको रुकावटका कारण हरेक घर, व्यापार र बृहत अर्थतन्त्रमा असर पुगेको बताएका छन् । राजनीतिले प्रभाव पारेको व्यापार नीतिलाई राजनीतिक स्थितिमा परिवर्तनले मात्रै स्थितरता सम्भव हुने मुद्रा कोषले प्रक्षेपण गरेको छ ।
अमेरिकाले चिनिया सामाग्रीमाथि लगाएको करको जवाफमा चीनले अमेरिकी सामानमाथि कर लगाउने क्रम जारी रहँदा विश्व अर्थतन्त्र नै खल्बलिएको छ ।


