![]()
बीबीसी । इंग्ल्याण्ड तथा चेल्सीका पूर्व कप्तान जोन टेरीले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षका टेरी गएको सिजनको अन्त्यसँगै च्याम्पियनसिप क्लब एस्टनभिल्ला छोडेका थिए । त्यसपछि उनी कुनै पनि क्लबमा आबद्ध भएका थिएनन् ।
डिफेन्डर टेरीले आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत सन्यासको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘फुटबलरका रुपमा बिताएको २३ वर्षपछि यो समय खेलाडीका रुपमा सन्यास लिने सही समय लागेको छ ।’
टेरी इंग्ल्याण्डबाट ७८ खेल खेलेका छन् । उनले दुई दशक बिताएर गएको वर्ष चेल्सी छोडेका थिए । उनले पाँचवटा प्रिमियर लिग उपाधि, पाँचवटा एफए कप उपाधि र एकपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।


