Breaking News.... EverestOnlineKhabar
May 2, 2026

ब्राजिल : राष्ट्रपति निर्वाचनको पहिलो चरणमा कसैको बहुमत नआएपछि अक्टुबर २८ मा दोस्रो चरणको चुनाव तय

Loading

बीबीसी । ब्राजिलमा भएको राष्ट्रपति चुनावको पहिलो चरणमा राष्ट्रवादी उम्मेदवार जाइर बोल्सोनारु विजयी भएका छन् । उनले अब दोस्रो चरणको चुनावमा वाम पन्थी पार्टी वर्कर्स पार्टीका उम्मेवार फेर्नान्डो खाबासँग प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो चरणको चुनाव अक्टोबर २८ मा हुनेछ । पहिलो चरणको चुनावमा राष्ट्रवादी उम्मेदवार विजयी भए पनि राष्ट्रपति बन्नका लागि चाहिने ५० प्रतिशत मत ल्याउन नसकेकाले दोस्रो चरणको चुनाव हुने भएको हो ।

अधिकांश मत गनिसक्दा बोल्सोनारुले ४६ प्रतिशत तथा खाबाले २९ प्रतिशत मत पाएका छन् । चुनावअघि भएको सर्वेक्षणमा दोस्रो चरण दुई उम्मेदवारबिच मत बराबरी हुने देखिएको थियो ।

पहिलो चरणको नतिजा आएपछि बोल्सोनारुले विद्युतीय मतदान प्रणालीमा समस्या नआएको भए आफूले राष्ट्रपति बन्नका लागि चाहिने ५० प्रतिशत मत पाउने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed