Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मानव बेचबिखनबिरूद्ध के. आइ. नेपाल युद्धमा : निर्देशक भट्टराई

Loading

ललितपुर। ललितपुर उच्च अदालतका न्यायाधीश टेक नारायण कुँवरले मानव बेचविखन आधुनिक युगको घृणित कार्य भएको  बताउनु भएको छ ।  के आई नेपालको १२औं साधारणसभामा बोल्दै  न्यायाधीश  कुँवरले मानव वेचविखन संगठित अपराधका रुपमा रहेको र वैज्ञानिक प्रमाण कतिपय अवस्थामा नभेटिने भएकाले जिल्ला अदालतबाट फैसला हुने क्रममा ६० प्रतिशतले मात्र न्याय पाउने गरेको बताउनुभयो ।

कुँवरले भदौ १ गतेबाट लागु भएको मुलुकी ऐनमा मानव बेचविखनका पीडित तथा प्रभावितहरुका लागि विशेष व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

न्यायाधीश कुँवरले मुद्दा चल्दै गर्दाको अवस्थामा पीडितलाई सुरक्षा खतरा रहेको वा कुनै कारण अदालतसम्म पुग्ने अवस्था नभएमा पीडितको गोपनियताको अधिकारको पूर्ण प्रत्याभूत गर्दै अदालतबाट नै कर्मचारी खटाइने व्यवस्था रहेको समेत स्पस्ट पार्नुभयो । उहाँले मुद्दा चल्दै गरेको अवस्थामा अन्तरिम राहतको व्यवस्था पीडक वा राज्यबाट गराइने लगायतका सुविधा रहेकाले कानूनका तर्फबाट कुनै कमी नगरिएको दाबी गर्नुभयो ।  कानुनी प्रक्रिया र अधिकारका विषयमा पर्याप्त जानकारी नहुँदा प्रभावकारी बन्न नसकेकोतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले समाजमा दिनप्रतिदिन बलात्कारका घटना वृद्धि हुनुको जड कारणमा पुग्नपर्ने र निराकरण त्यसपश्चात मात्र सम्भव हुने धारणा राख्नुभयो । माध्यमिक शिक्षामा नै यस्ता शिक्षा समावेश गरी पाठ्यक्रम पुनःनिर्माण गर्न सके मानव बेचविखन जस्ता अपराधमा कमी आउनसक्ने उपमेयर सत्यालको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रहरी नायब उपरिक्षक राजकुमार सिलवालले पछिल्लो समय मानव बेचविखन अन्र्तगत महिलासँगै पुरुषको संख्यामा पनि बृद्धि भएको बताउनुभएको छ ।

कार्यक्रममा के.आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले आर्थिक वर्ष २०७४/७५मा मात्र मानव तस्करका हातमा परेका ८४ जना महिला तथा किशोरी र बालिकाको उद्दार गरी संस्थाको सुरक्षित आवास गृहमा आश्रय दिइएको जानकारी दिनुभएको थियो । उहाँले भन्नुभयो ‘आजको समस्या भनेको पिडकहरुबाट सुराक्षको थ्रेट पनि आउने गरेको अनुभव सुनाउँदै मानव वेचविखन विरुद्ध के.आई. नेपाल कसैसँग सम्झौता गर्दैन । हामी उत्पिडितहरुको उद्धारमा अहोरात्र खटिरहने छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed