![]()
काठमाडौं । मनसुन नेपालबाट बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु भएको छ। मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो समयमा पश्चिमीचिसो वायुको प्रभाव कायम रहन्छ। आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक/दुई स्थानमा हल्का वर्षा भएको छ ।
आइतबारको न्यूनतम तापक्रम १३.७ र अधिकतम २७ डिग्री सेल्सियस रहेको छ । सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। सोमबार राति पूर्वी र पश्चिम भूभागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। मंगलबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।


