![]()
बीबीसी । अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलले आफ्ना चिनियाँ प्रमुख मेङ होङ्वेईको अवस्थाबारे स्पष्ट पार्न चीनलाई आग्रह गरेको छ। उसले मेङको अवस्थाप्रति चिन्तित बनेको बताएको छ।
फ्रान्सस्थित इन्टर्पोलको मुख्यालयबाट सेप्टेम्बर २५ मा चीन गएका मेङ आफ्नो परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। चीनले त्यसबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन। साउथ चाइना मर्निङ पोस्टले नाम उल्लेख नगरिएको स्रोतलाई उद्धृत गर्दै मेङलाई ‘सोधपुछ गर्न लगिएको’ जनाएको छ।
हङकङस्थित सो पत्रिकाका अनुसार के कारणले ‘अनुशासन अधिकारीहरू’ उनलाई लगेका हुन् भन्ने चाहिँ स्पष्ट भएको छैन। गत जुलाइदेखि बेपत्ता भएकी चिनियाँ अभिनेत्री फान बिङबिङले यसै हप्ताको शुरूतिर एउटा सार्वजनिक क्षमायाचना गरेकी थिइन्। फानलाई करछलीसहितका अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ।


