![]()
एजेन्सी । लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि च्याम्पियन्स लिगमा बार्सिलोनाले वेम्बली रंगशालामा टोटेनह्यामलाई माथि ४–२ विजय हासिल गरेको छ ।
क्याटलान क्लबको आक्रमण बुन्न आर्किटेक्चरको भूमिका निभाएका मेसीले दुई गोल आफैँले गरेभने बाँकी दुई गोलमा पनि महत्वपूर्ण भुमिका निभाए । समूह ‘बी’ मा रहेको टोटेनह्याम यसअघि पहिलो खेल पनि इन्टर मिलानसँग पराजित भएको थियो ।
चोटमुक्त भएर फर्किएका टोटनह्यामका कप्तान तथा गोलकिपर ह्युगो लोरिसको गल्तिमा फिलिपे कौटिन्होले दोस्रो मिनेटमै भ्रमणकारी टोलीलाई अग्रता दिए । इभान राकेटिचको २८औं मिनेटमा अग्रता दोब्बर बनाए । दोस्रो हाफमा ह्यारी केनको गोलबाट टोटेनह्यामले पूनरागमनको प्रयास गर्यो ।
त्यसको चार मिनेट वित्न नपाउदै लियोनल मेसीले अर्को गोल थपे । ६६औं मिनेटमा इरेक लामेलाले गरेको गोलमा टोटनह्यामले खेलमा फर्कने प्रयास गरे पनि अन्तिम समयमा मेसीले अर्को गोल थपेपछि भ्रमणकारी बार्सिलोनाले तीन अंक पक्का गर्यो ।
हारसँगै माउरिसियो पोचेट्टिनोको टोटेनह्याम तेस्रो स्थानमा छ । ६ अंकका साथ बार्सिलोना समूहको शीर्ष स्थानमा छ । बार्सिलोनाले अब दोस्रो स्थानको इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।


