![]()
काठमाडौं । विश्वका विभिन्न देशमा हुने सुन्दरी प्रतियोगितामा भाग लिने मिस नेपालको विदाइ गरिएको छ । मिस नेपाल आयोजक हिडन ट्रेजरले मिस नेपालको विभिन्न विधाका विजेतालाई विदाइ गरेको हो।
केही महिना पहिले हिडन ट्रेजरले विश्वका चार ठूला सुन्दरी प्रतियोगिताका लागि नेपालबाट विजेताहरू छनोट गरेकोे थियो । जस अनुसार शृंखला खतिवडा मिस वल्र्ड, मनिता देवकोटा मिस युनिभर्स, प्रिया सिग्देल मिस अर्थ र रोनाली अमात्य मिस इन्टरनेसनलमा प्रतिस्पर्धाका लागि छनोट भएका थिए।
आयोजकले गराएकोे जानकारी अनुसार मिस नेपाल अर्थ विजेता प्रिया सिग्देल सबैभन्दा पहिले प्रतिस्पर्धाका लागि फिलिपिन्सको मनिला जाँदैछिन् । आयोजक हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले प्रिया नोभेम्बर ३ मा हुने प्रतियोगिताका लागि अक्टोबर ५मा त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी गराए । त्यसैगरी मिस इन्टरनेसनलका लागि रोनाली आमात्य अक्टोबर २० मा जापान प्रस्थान गर्नेछिन् भने शृंखला खतिवडा मिस वल्र्डको प्रतिस्पर्धाका लागि नोभेम्बर १०मा चीनको सान्या प्रस्थान गर्नेछिन् । मिस युनिभर्समा प्रतिस्पर्धा गर्ने मनिताको भने जाने मिति अझै तय भइनसकेको आयोजकले जनाएको छ ।
मिस इन्टरनेसनल नोभेम्बर ९ , मिस वल्र्ड डिसेम्बर ९ र मिस युनिभर्सको अन्तिम प्रतिस्पर्धा यही सालको डिसेम्बर १७ मा हुँदैछ। मिस नेपालका विभिन्न विधाका विजेता सुन्दरीहरूले पूर्ववत् सुन्दरीहरूले यो सालको सहभागिता अनुभवका लागि मात्र नभइ कुनै न कुनै उपाधिका लागि हुने विश्वास व्यक्त गरे । मिस वल्र्डमा प्रतिस्पर्धा गर्ने शृंखलाले चार जनामध्ये कोही न कोही भरिहात फर्कने दाबी गरिन्।


