![]()
एजेन्सी । साफ च्याम्पियनसिप २०१८ को समूह ए को लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानले भुटानलाई ३-० हराएको छ । पाकिस्तानको यो जितपछि नेपालले सेमिफाइनल प्रवेशका लागि बंगलादेशलाई हराउनै पर्ने भएको छ । जितपछि पाकिस्तानको ३ खेलबाट ६ अंक भएको छ ।
पाकिस्तानी खेलाडी मोहम्मद रियाजले २०, हसिन बसरले २९ र फहिम अहमदले ९१ औं मिनेटमा गोल गरेका थिए। बंगलादेश पनि २ खेलबाट ६ अंक बटुलेको छ। नेपालको भने ३ अंक मात्रै छ। लगातार तेस्रो हार पछि भुटान प्रतियोगिताबाट बाहिरिएको छ।


