Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

म्यानचेस्टर सिटीमा सनसनिपूर्ण प्रदर्शनका बाबजुत विश्वकपका दौरान जर्मनी टिममा पर्न असफल सिटीका विङ्गर लिरोय सानेले जर्मनीको टिम छोडेका छन्।

आइतबार पेरुसँगको मैत्रीपूर्ण खेलमा साने जर्मनीको टिममा हुने छैनन्। सानेले जर्मनीको टिम होटल छोडेका छन्। सानेले व्यक्तिगत कारणले टिम होटल छोडेको बताइएको छ।

२२ वर्षका साने विश्वकपका लागि जर्मनीको टिममा नपरेदेखिनै असन्तुष्ट रहँदै आएका छन्। उनले युइएफए नेशन्स लिग फुटबलको पहिलो खेलमा फ्रान्ससँग गोलरहित बराबरी हुँदा अक्तिरिक्त खेलाडीको रुपमा मैदान छिरेका थिए।

व्यक्तिगत कारणले टिम छोडेको भए पनि टिमभित्रको विवादका कारण उनी बाहिरिएको अनुमान छ। यसअघि टोनी क्रसले सानेले आफ्नो लय सुधार गर्नु पर्ने र एटिच्युड सुधार गर्नुपर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed