Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बीबीसी । इजिप्टको एक अदालतले ७५ जनालार्इ मृत्युदण्डको सजाय सुनाएको छ। २०१३ मा काइरोको रब्बा अल-अदाविया स्कवायरमा सयौंको मृत्यु हुने गरी भएको प्रदर्शनमा दोषी ठहर गर्दे उनीहरुलार्इ मृत्युदण्ड दिइएको हो।

मृत्युदण्ड पाउनेहरुमा मुस्लिम ब्रडरहुडका वरिष्ठ नेताहरु इस्सम इल इरिएन, मोहमद बेलटागी, मोहमद बाडी लगायत रहेको बताइएको छ।
२०१३ मा काइरोमा भएको हत्याहरुको बारेमा रिपोर्टिङ गरिरहेका फोटो पत्रकार मोहम्मद अबु जेइदलार्इ भने ५ वर्षको जेल सजाय सुनाइएको छ। तर जेइद केही दिनमा रिहा हुने उनका वकिलले बताएका छन्।

शान्ति सुरक्षा बिथोलेको, गैर कानुनी रुपमा प्रदर्शन गरेको, प्रदर्शनलार्इ उग्र बनाउन भूमिका खेलेको लगायतका आरोपमा अदालतले उनीहरुलार्इ दोषी ठहर गर्दै सजाय सुनाएको हो।

सन् २०१३ मा काइरोमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले हस्तक्षेप गरेको थियो। त्यसबेला सुरक्षाकर्मीको कारवाहीमा ८०० जना भन्दा बढीको मृत्यु भएको थियो। ‘ह्युमन राइटस वाच’ले भने उक्त घटना ‘मानवियता विरुद्धको अपराध’ रहेको बताएको थियो।

मुस्लिम ब्रडरहुडका नेता तथा इजिप्टका पहिलो जन निर्वाचित राष्ट्रपति मोहमद मोर्सीलार्इ सेनाले हटाएको केही हप्ता पछि मोर्सीका समर्थकहरुले काइरोमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनका क्रममा र त्यस पछि मुस्लिम ब्रडरहुडका हजारौं समर्थकहरुलार्इ पक्राउ गरी मुद्दा चलाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed