Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा  नेपाल र बंगलादेश भिड्दै छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा साँझ हुने खेलमा आयोजकसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।

सेमिफाइनल प्रवेश गर्नका लागि  खेल जित्नै पर्ने दबाब नेपाललाई छ । समूहमा दुई खेल सकिँदा ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ ।

३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने तेस्रो स्थानको पाकिस्तानको पनि समान ३ अंक नै छ । त्यसैले खेल जिते मात्र नेपाल सेमिफाइनलमा पुग्ने छ । यसअघि भएको खेलमा नेपालले पाकिस्तानसँग २–१ ले पराजित भएको थियो भने भुटानलाई ४-० गोलले हराएको थियो ।

अन्तिम खेलमा पाकिस्तानले तुलनात्मक रुपले कमजोर मानिएको भुटानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले उक्त खेल जित्ने सम्भावना रहेकाले नेपालले पनि आफ्नो अन्तिम खेलमा बंगलादेशलाई हराउँदा मात्रै सेमिफाइनलको यात्रा सुनिश्चित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed