Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बनेपा।  काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको दरखाने कार्यक्रममा सयौँ महिला पुरुष बिरामी परेका छन् ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारीले आयोजना गरेको तीजको भोज दर खाँदा गाउँभरिका मानिस बिरामी परेको र उपचारको लागि स्वाथ्य शिविर खडा गरी उपचार गराइरहेको बताउनुभयो । खरेलले भन्नुभयो, “झण्डै ३०० भन्दा बढी नै बिरामी भएको अवस्था छ, केहीको बनेपा र धुलिखेलमा उपचारका लागि पठाइसकेको र बाँकीको गाउँमा नै उपचारको लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र धुलिखेल अस्पतालको स्वास्थ्यकर्मीको टोलीले उपचार गराइरहेको छ ।”

जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीका घटनास्थललगायत पाँचखालमा भएको पोलिक्लिनिक र बनेपा धुलिखेलका अस्पतालमा गरी २००० भन्दा बढीको उपचार भइरहेको छ ।

कोही आफ्नै ढङ्गले उपचार गरी घर फर्किसकेको र कोहीको गाउँमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । सामूहिक भोजमा भएका कारण एकै पटक धेरैजसो बिरामी परेकाले सबैजसो ठाउँमा उपचार भइरहेकाले सङ्ख्या एकीन हुन नसकेको गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed