![]()
एजेन्सी । मलेसिया सरकारले कामदारको न्यूनतम तलब बृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्रीको कार्यालयले आगामी जनवरी १ देखि लागू हुने गरी कामदारको तलब मासिक १ हजार ५० वा घन्टाको ५.०५ आरएम तलब तोकेको हो ।यसअघि कामदारको न्यूनतम तलब ठाउँअनुसार मासिक ९२० देखि १००० आरएमसम्म थियो ।
यसबाट नेपाली कामदार पनि लाभान्वित हुने छन् ।मलेसियामा ५ लाखभन्दा बढि नेपाली कामदारहरु कार्यरत रहेको अनुमान छ ।‘देशको आर्थिक अवस्थाका आधारमा न्यूनतम तलब बृद्धि गरिएको हो ।
न्यूनतम तलब बृद्धिबाट कुनै पनि उद्योग तथा कम्पनीहरु बन्द गर्नु पर्ने अवस्था नआउने सरकारको दाबी छ ।सरकारले न्यूनतम तलब बढाएकै कारण सेवा र बस्तुको मूल्य नबढाउन पनि आग्रह गरेको छ ।


