Breaking News.... EverestOnlineKhabar
April 30, 2026

काभ्रेको नमोबुद्ध र धुलिखेलमा आज मतदान, चाँगुनारायणमा मतदानको तयारी

Loading

काभ्रे,३ जेठ ।
काभ्रेको नमोबुद्ध नगरपालिका–४ र धुलिखेल नगरपालिका–१२ मा आज स्थानीय तहको मतदान हुँदैछ । एक युवकको मृत्युलाई लिएर स्थगित भएको नमोबुद्ध–४ को चुनाव आज हुन लागेको हो ।
त्यसैगरी धुलिखेल–१२ मा राप्रपाका तर्फबाट वडा सदस्यका उम्मेदवार सुकुलाल तामाङको मृत्यु भएपछि स्थगित भएको चुनाव पनि आज हुन लागेको हो ।
यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिकाको एउटा मतदान केन्द्रमा पनि आज फेरि मतदान हुँदैछ । नगरकोटस्थित एउटा मतदान केन्द्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह नभएको मतपत्र पुगेपछि विवाद बढेको थियो ।
उक्त मतदान केन्द्रमा आज पुनः मतदान हुन लागेको हो । मतदान सकिएलगत्तै ती स्थानीय तहको मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed