Breaking News.... EverestOnlineKhabar
April 30, 2026

स्थानीय तह निर्वाचन मत परिणामः काँग्रेस, एमाले र माओवादीबीच तिव्र प्रतिस्पर्धा

Loading

काठमाडौ,जेठ ।
स्थानीय तह निर्वाचनको पहिलो चरणअन्तर्गत भएको स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। मंगलबार अपरान्हसम्मको परिणामले एमाले, काँग्रेस र माओवादीबीच रोमाञ्चक प्रतिस्पर्धाको स्थिति देखिएको छ। मुख्य तीनवटै दलहरु झन्डै झन्डै बराबरी संख्यामा स्थानीय तहमा विजयी भएका छन्। एमालेले २८ स्थानमा विजयी हाँसिल गरेको छ भने काँग्रेस २५ स्थानमा विजयी भएको छ।
यो परिणामले एमाले, काँग्रेस र माओवादीबीच रोमाञ्चक प्रतिस्पर्धाको स्थिति देखिएको छ। माओवादी केन्द्रका उमेदवार १७ स्थानमा विजयी भएका छन्। विभिन्न तहका सदस्य र वडा अध्यक्ष एवं सदस्यमा एमालेकै हाराहारीमा काँग्रेसका उमेदवार बिजयी भएका छन्। माओवादी केन्द्रसँगै स्वतन्त्र र नयाँ शक्तिका उमेदवारले समेत वडा तहका नेतृत्व जितेका छन्।

एमालेले जितेका स्थानीय तह

चामे गाउँपालिका, मनाङ, लोकेन्द्र घले

नेस्याङ गाउँपालिका, मनाङ, कान्छा घले

से फोक्सुन्डो, डोल्पा, तासीतुन्दुक गुरुङ

काइके गाउँपालिका, डोल्पा, अंगद राना

घरपझोङ गाउँपालिका, मुस्ताङ, आशबहादुर थकाली

मादी गाउँपालिका, कास्की, बेदबहादुर गुरुङ

ठूलो भेरी नगरपालिका, डोल्पा, गणेशबहादुर शाही

महांकाल गाउँपालकिा, ललितपुर, रामचन्द्र दाहाल

ढोरचौर गाउँपालिका, सल्यान, चित्रबहादुर चलाउने

फेदीखोला गाउँपालिका, स्याङजा, घनश्याम सुवेदी

शिवालय गाउँपालिका, जाजरकोट, नरेन्द्रकुमार शाही

गोसाइकुण्ड गाउँपालिका, रसुवा, कैसाङनुर्पु तामाङ

कांग्रेसले जितेका स्थानीय तह

नासोङ गाउँपालिका, मनाङ, चन्द्र घले

लोमान्थाङ गाउँपालिका, मुस्ताङ, सुवर्ण विष्ठ

नार्फु गाउँपालिका, मनाङ, मिङमाछिरिङ लामा

बाह्र गाउँ मुक्ति क्षेत्र गाउँपालिका, मुस्ताङ, फेन्सोक छोप्तेन गुरुङ

थसाङ गाउँपालिका मुस्ताङ, बुद्धिप्रसाद शेरचन

कुशे गाउँपालिका, जाजरकोट, हरिचन्द्र बस्नेत

भूमेश्वर गाउँपालिका दैलेख, नगेन्द्र मल्ल

बुङदीकाली गाउँपालिका, नवलपरासी, दुर्गाबहादुर राना

तमानखोला गाउँपालिका, बाग्लुङ, जोखलाल बुढा

माओवादी केन्द्रले जितेका स्थानीय तह

गुठिचौर गाउँपालिका, जुम्ला, हरिबहादुर भण्डारी

हिमा गाउँपालिका, जुम्ला, राजबहादुर शाही

सान्नीत्रिवेणी गाउँपालिका, कालिकोट, डम्बर शाही

जगदुल्ला गाउँपालिका, डोल्पा, नरसिंह रोकाय

मुड्केचुला गाउँपालिका, डोल्पा, दत्तबहादुर शाही

ताजकोट गाउँपालिका हुम्ला, बागदुल मल्ल

दार्मा गाउँपालिका, सल्यान, निमबहादुर केसी

मरिण गाउँपालिका, सिन्धुली, पानीराज बम्जन

सानी भेरी गाउँपालिका, रुकुम, नरबहादुर पुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed